टि–२० सिरिजको अन्तिम खेलमा नेपालले युगान्डालाई हरयो

Read Time:1 Minute

पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपाली महिला टिमले सिरिजको अन्तिम खेलमा जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको अन्तिम खेलमा नेपालले युगान्डामापत २३ रनको जित निकाल्यो।

नेपालको यो जितसँगै ५ खेलको सिरिज ३–२मा सकिएको छ। युगान्डाले सुरुआती तीन खेल जित्दै सिरिज जितेको थियो।

त्रिवि मैदानमा १२४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। उसका लागि लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाईन् । ओपनर केभिन अविनोले १५, कान्सी अवेको १३ र जेनेट बाबाजिले १० रन बनाइन्।

नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई विकेट लिए भने आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक एक विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ २३ रन बनाएको थियो। नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडिन्।

युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युगान्डाविरुद्ध नेपाली महिला टिमको जित
Next post नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई अमेरिकाले दिएन भिसा
Close