क्यानका कमिटीले पाए पूर्णता

नेपाल क्रिकेट संघ (क्यान)का विभिन्न कमिटीले पूर्णता पाएका छन् । क्यानले सोमबार चार कमिटीलाई पूर्णता दिएको जनाएको छ ।

चतुरबहादुर चन्दा क्यान अध्यक्षमा निर्वाचित भएपछि कात्तिक ३ गो बसेको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गर्दै संयोजक पनि तोकेको थियो । क्याननको पहिलो बैठकले कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गठन गरेको थियो ।

क्यानको टुर्नामेन्ट कमिटीमा प्रशान्तविक्रम मल्ल संयोजक छन् भने सदस्यमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट छन् भने संजयराज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा वीरेन्द्रबहादुर चन्द, अमृतवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङ सदस्य रहेका छन् ।

यसैगरी फाइनान्सियल कमिटीको संयोजकमा रोशनकुमार सिंह छन् भने माधव कर्माचार्य र दुर्गाराज पाठक सदस्य छन् । यस्तै, मिडियो कमिटीको संयोजकम असोकनाथ प्याकुरेल र सदस्यमा भानु सिग्देश रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *