
नेपाल भर्सेस युएई : लगातार जितको खोजीमा नेपाल
शुक्रबारबाट सुरु भएको चारदेशीय टि–२० सिरिजमा नेपालले आज दोस्रो खेल खेल्दै छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा अनुसार ११ः४५ मा सुरु हुने खेलमा नेपालले बलियो युएईको सामाना गर्ने छ।
टि–२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी लागि आयोजना गरिएको सिरिजमा नेपाल लागतार दोस्रो जिताको खोजीमा हुनेछ । आइतबार भएको सिरिजको उद्घाटन खेलमा नेपालले आयोजक ओमानविरुद्ध ६ विकेटको सानदार जित निकालेको थियो।
त्यसैले नेपाल युएईविरुद्ध मैदान उत्रँदा उत्साहित हुने छ, र सोही लयलाई कायम राख्न चाहने छ। युएईको भने यो पहिलो खेल हो । शुक्रबारकै लागि तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले रोकिएको थियो । सो खेल आइतबार हुने छ।
प्रशिक्षक पुबुदु दासानायकेले युएईविरुद्ध नेपाली टिममा केही परिवर्तन गर्न सक्नेछन्। ओमानविरुद्ध सागर ढकाल र विवके यादवलाई डेब्यू गराएका उनले युएईविरुद्ध लोकेश बमलाई डेब्यू गराउन सक्नेछन्। यस्तै, उनले ओपनिङमा कुशल मल्ल, बलिङमा जितेन्द्र मुखिया र साहब आलमलाई मौका दिन सक्नेछन्।
नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।
अष्ट्रेलियामा आगामी अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाली टोली चार देशीय सिरिजमा राम्रो प्रदर्शन गर्दै ग्लोबल क्वालिफायरका लागि तयार रहने लक्ष्यमा छ ।