नेपालको टि–२० वरियता खस्कियो

Read Time:1 मिनेट

नेपाली राष्ट्रिय क्रिकेट टिमको टि–२० वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नयाँ वरियता अनुसार नेपाल टि–२० वरियतामा १ स्थान तल झर्दै १३औं स्थानमा आइपुगेको छ।

यसअघि नेपाल टि–२० वरियतामा १२औं स्थानमा थियो । एकदिवसीय वरियतामा भने नेपाल १६औं स्थानमा छ। वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन ।

टि–२० वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ। अस्ट्रेलिया छैठौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दुई–दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको एन्फाद्वारा समर्थन
Next post नेपाली टिमलाई शुभकामना दिँदै रोहितले भने– म जाकार्तामा भएपनि मेरो मन र मस्तिष्क दशरथ रंगशालामै हुनेछ
Close