हारबाट सुरु भयो नेपालको विश्वकप छनोट यात्रा, चिन्ता ब्याटिङकै

सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटको यात्रा नेपालले हारबाट सुरु गरेको छ । विश्वकप छनोट प्रक्रियाको तीन चरणमध्येको एक विश्वपक क्रिकेट लिग२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पारजित भएको हो ।

सन् २०१८ मा एकदिवसीय मान्यतापछि नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेलेको हो । बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भयो । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाए पनि नेपाल सदाजस्तै कमरोज ब्याटिङ ग¥यो र ओमानसँग पराजित भयो ।

विश्वकप छनोटका लागि आईसीसीले नयाँ संरचना लागु गरेपछि नेपालले विश्वकप लिग २ मा पनि ओमानविरुद्ध खेल्दै डेब्यु गरेको छ । नेपाल र ओमानसंगै अमेरिका सम्मिलित सिरिज माघ २९ गतेसम्म चल्नेछ । नेपालले अझै ओमानसंग एक र अमेरिकासंग दुई खेल खेल्न बाँकी छ । त्यसैले पनि पहिलो सिरिजमा राम्रो गर्न सक्ने सम्भावना बाँकी नै छ ।

७ राष्ट्र सहभागी यस सिरिजमा नेपाले पहिलो खेल हारे पनि अंक तालिकामा पपुवा न्यूगिनी भन्दा अघि छ । पपुवा न्यूगिनीले अहिलेसम्म खेलेको सबै ८ खेल हारेको छ । यही सिरिज खेल्न आएको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने आजको जीतपछि १० अंक जोड्दै ओमान दोस्रो स्थानमा उक्लेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए । ओमानले पहिले ब्याटिङ गर्दै पुरै ५० ओभर खेल्यो जसमा ९ विकेट गुमाएर १९७ रन बनायो । नेपालको लागि यो ठीकैको लक्ष्य थियो । एक दिनअघि राष्ट्रिय टिमका पूर्व स्पीनर सन्जम रेग्मीले ओमानविरुद्ध १५० पनि चेस गर्न गाह्रो हुने बताएका थिए । तर १९८ रनको लक्ष्य पछ्याउँदा नेपालले १७९ रन त बनायो तर १९ बल अगावै अलआउट भयो । सीधा हेर्ने हो भने ओमानले धेरै रन बनाउनुका साथै धेरै विकेट पनि लियो ।

ओमानका लागि मुहम्मद नदिमले अविजित रहँदै सर्वा्धिक ६९ रन बनाए । नेपालका लागि अर्धशतक बनाएका शरद भेषावकरले ५५ रन जोडे । यसमा पनि ओमानकै खेलाडी रहे ।

व्यक्तिगत धेरै विकेट भने नेपालका करण केसीले लिए । उनले ४ विकेट लिए । यसै खेलमार्फत ओडीआईमा डेब्यु गरेका नेपाली स्पीनर सुशन भारीको लागि भने डेब्यु खेल व्यक्तिगत रुपमा यादगार बन्यो । उनले डेब्यु विकेटका लागि ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे । यस्तै आफ्नो १० ओभर कोटामा सुशनले १ मेडन राख्दै १४ रन मात्र खर्चेर ३ विकेट लिए ।

ओमानको लागि भने कप्तान मक्सुदले नै सर्वा्धिक ३ विकेट लिए । त्यसका लागि उनले १० ओभर बलिङ गर्द २ मेडन राखेर ३० रन खर्चिए । यस्तै बिलाल खान र कलिमुल्लाहले २(२ विकेट लिए ।

लोअर अर्डर चम्कँदा दुवै टिमको टप अर्डल फेल भयो । दुवै देशका ओपनरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानका जितनदर सिंह ४ र खाबर अली ५ रनमा आउट भए । दुवैको विकेट नेपालका करण केसीले लिए । करणले खेलको अन्तिमतिर पनि २ विकेट लिँदै आफ्नो ९ ओभर स्पेलमा ४७ रन खर्चेर ४ विकेट लिएका हुन् ।

यता नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले ओपनिङ गरेका थिए । शुरुको दुई ओभरमा नेपालले रन जोड्न सकेन । ज्ञानेन्द्र १ र पारस ३ रन बनाएर आउट हुँदा नेपाल शुरुमै धर्मराएको थियो । तर शरद भेषावकर र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालको पुरानै रोगको रुपमा रहेको ओपनिङ यस पटक पनि चल्न सकेन ।

लिग २ मा बिहीबार ओमानले अमेरिकासंग खेल्नेछ । नेपालले भने अब दुई दिन रेस्ट पाउनेछ । नेपालले दोस्रो खेल शनिबार अमेरिकासंग खेल्नेछ भने आइतबार ओमानसंग दोस्रो खेल खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.