नेपालले गुमायो पहिलो विकेट

दुबईस्थित आईसिसी एकेडेमी मैदानमा जारी युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा विनोद भण्डारीलाई गुमायो । विनोद अमिर हायतको बलमा अस्फाक अहमदबाट स्लिपमा क्याच भएका थिए । ज्ञानेन्द्र मल्लसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका विनोदले धैर्यपूर्वक ब्याटिङ गर्दैै ४६ बलमा २१ रन बनाए ।

यसैबीच क्रिजमा कप्तान पारस खड्का आएका छन् । उनलाई ४९बलमा ४१ रन बनाएर खेलिरहेका ज्ञानेन्द्र मल्लले साथ दिइरहेका छन् । अहिलेको ताजा अवस्थामा नेपाल १७ ओभरको समाप्तिमा ६५ रन बनाएर खेलिरहेको छ ।

नेपालले धेरैपछि राम्रो ओपनिङ गरेको छ । निरन्तर ओनिङमा समस्या भोग्दै आएको नेपालले युएईविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन् ।

ज्ञानेन्द्र र विनोदको जोडीले नेपाललाई ५० रनको आँकडा परा गराएका थिए । १३औं ओभरको चौथो बलमा चौका प्रहार गर्दै ज्ञानेन्द्रले नेपाललाई ५० रनको आँकडा पार गराएका हुन् ।

नेपालले आईसिसी एकेडेमी मैदान दुबईमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो नेपालले दोस्रो खेलमा भने केही सुधारिएको ब्याटिङ गरिरहेको छ ।

कुनै पनि ब्याट्सम्यानले जिम्मेवारी पूर्वक ब्याटिङ गर्न नसक्दा पहिलो खेलमा राम्रो बलिङका बबजुद ३ विकेटले पराजित भएको नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ ।
नेपालले दोस्रो एकदिवसीय खेलमा बसन्त रेग्मीलाई हटार युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई टिममा राखेको छ । नेपालले युईमा ३ ओडिआई र ३ टि–२० खेल खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP