चलेन नेपालकाे बलिङ, युएईसँग २५ रनले पराजित

Read Time:3 Minute

टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजको दोस्रो नेपालले युएईसँग २५ रनले पराजित भएको छ। पहिला ब्याटिङ गर्दै युएईले दिएको १९३ रनेका विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ५ विकेको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।

युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले सुरुआत भने उत्कृष्ट गरेको थियो । आसिफ सेख र ज्ञानेन्द्र मल्लले पावर प्लेमा ५३ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । त्यसपछि पनि आसिफ र दीपेन्द्र ऐरीले नेपालको इनिङ उकासेका थिए।

तर, दशौं ओभरको चौथो बलमा रोहन मुस्तफाले आफ्नै बलमा आसिफलाई उत्कृष्ट क्याच आउट गरेपछि नेपालको इनिङ सुस्त भएको थियो । त्यसपछि भने नेपाल खेलमा पछि परेको थियो ।

नेपालका लागि दीपेन्द्रले सर्वाधिक ४१ रन बनाए। उनले ३३ बलमा ५ चौका प्रहार गरे। यस्तै, आसिफ सेखले २९ बलमा ३४ रन बनाउँदा राष्ट्रिय टिममा डेब्यू गरेका लोकेश बमले ३३ रन बनाए । अन्तिम ओभरमा लागतार २ छक्का प्रहार गरेका लोकेशले २१ बल खेल्दै समान २ चौका र २ छक्का प्रहार गरे।

यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउँदा आरिफ सेखले १२ बलमा ११ र शरद भेषावकरले ८ बलमा १० रन बनाए।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको युएईले ओमानस्थित अल अमेरात क्रिकेटमा मैदानमा जारी खेलमा युएईले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो।

उसका लागि ओपनर चिराग सुरीले उत्कृष्ट ब्याटिङ गरे। नटआउट रहेका उनले ५३ बलमा समान ५ चोका र छक्का प्रहार गर्दै ८४ रन बनाए ।

यस्तै, रोहन मुस्तफाले ३५ बलमा ४९ रन बनाउँदा मोहम्द वासिमले २२ रन बनाए । यस्तै बासिल हमिदले १७ र मोहम्मद बोटाले १४ रन बनाए ।

नेपालका साहब आलम, सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए । विकेट लिए पनि साहब निकै महँगो सावित भए । उनले २ ओभरमा ३५ रन खचिए । यस्तै, कलमसिंह ऐरीले ४ ओभरमा ४५ रन खर्चिँदा विवेक यालवले १ ओभरमा २० रन खर्चिए ।

यसअघि नेपालले पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित निकलोको थियो। चारदेशीय सिरिजअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्ने छ। आजै आयरल्यान्ड र आयोजक ओमानबीचको खेल पनि हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएल मेगा अक्सन : ऐयरलाई कोलकाताले किन्यो १२ करोड २५ लाख
Next post आईपिएल मेगा अक्सन : मिलर, सकिब र स्थिममाथि लागेन बोली
Close