कोरोनाका कारण नेपालको नामिबिया टुर अन्योलमा
आगामी अप्रिल तेस्रो साता हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको नामिबिया टुर अन्योलमा परेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नामिबियामा हुने नेपालको दोस्रो त्रिकोणात्मक सिरिज प्रभावित हुने देखिएको हो ।
अहिले कोरोनाकोको क्रासले विश्व खेलकुद नै ठप्प छ । कोरोनाकै आइसिसीले टेस्ट, एकदिवसीय र टि२० सिरिज स्थागित गरिसकेको छ । सोही कारण विश्वकप क्रिकेट लिग २ पनि प्रभावित बनेको हो ।
लिग–२ अन्तर्गतकै १ अप्रिलदेखि हुने भनिएको अमेकिार, स्कटल्यानड र युएर्यबीचको सिरिज स्थागित भइसकेको छ । यो सिरिज स्थगित भएसँगै नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज पनि अन्योलमा परेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले पनि नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज हुने नहुने अहिल्यै भन्न सकिने जनाएको छ । क्यान सचिव असोकनाथ प्याकुरेले पहिला खाली रंगशालामा सिरिज खेलाउने कुरा भएको तर, विश्वभर कोरोना फैलिएपछि आफूहरु पनि सचेत भएको बताए ।
‘नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजका विषयमा आइसिसीले कुनै निर्णय गरेको छैन, हामी आइसिसीको निर्णय कुरिरहेका छौं,’ सचिव प्याकुरेलले भने ‘अब आइसिसीले के निर्णय गर्छ, त्यही अनुसार हामी अगाडि बढ्छौं ।’
लिग–२ मा नेपालको यो दोस्रो त्रिकोणात्मक सिरिज हो । यसअघि नेपालले अघिल्लो महिना घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । जसमा नेपाल ४ मध्ये २ खेल जितेको थियो । नेपालले ओमानसँगका दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग–२मा ७ टिम सहभागी छन् । यीमध्ये शीर्ष ३ टिमले विश्वकप छनोट खेल्ने छन् भने पुछारका ४ टिमको छनोटमा पुग्न प्लेअफ खेल्ने छन् ।
लिग–२मा नेपाल, अमेरिका, ओमान, युएई, स्कटल्यान्ड, पपुवा न्यूगिनी र नामिबिया सहभागी छन् । प्रत्येक टिमले ९ वटा त्रिकोणात्मक सिरिज खेल्ने छन् । नेपाल तीनवटा सिरिज हुने छ ।
लिग२ मा १० खेलमा १६ अंक जोडेका ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक नै जोड्दै अमेरिका दोस्रो स्थानमा छ । ओमानले आफ्ना राजाको मृत्युका कारण २ खेल भने खेलेको थिएन । ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ अंकका साथ युएई पाँचौं, ४ अंकका साथ नेपाल छैठौं स्थानमा छ भने अंकबिहीन पपुवा न्युगिनी पुछारमा छ ।