नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ। मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको बलपार्कले १० ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको थियो । बलपार्कका लागि निर्भिकले अविजित रहँदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले भने सचिनले २५ रन जोडे ।

बालुवाटारक विरेन्द्र र अविनासले १–१ विकेट लिए । बलपार्कले दिएको १०९ रनको लक्ष्य बालुवाटारले ८ ओभरमा १ विकेट गुमाएर भेट्टायो। बालुवाटारको जितमा इन्द्र कमलले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने सुरेन्द्रले ३३ रन जोडे । बलपार्कका संगमले १ विकेट लिए ।

यस्तै दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियर क्याम्पसलाई ६ विकेटले हरायो । पहिले ब्याटिङ गरेको पुल्चोकले अलआउट हुँदै १७० रन बनाएको थियो । उसका चिरन्जीवीले ५० रन जोड्दा विशालले ४५ रन बनाए । ग्रेट हिमालयका बिज्ञान राई, मोहमद हुसेन, सुसान्त, सन्दीप र नभिनले २–२ विकेट लिए ।

पुल्चोकले दिएको लक्ष्य ग्रेट हिमालयले ४ विकेट गुमाएर भेट्टायो । ग्रेट हिमालयको जितमा आयुसले ६३ रन जोड्दा संगीतले ४४ रन बनाए । सुसान्तले २२ रन जोडे ।पुल्चोकका सागरले २ विकेट लिए ।

पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.