क्रिकेटराष्ट्रिय क्रिकेट

जिम्बबेविरुद्ध नेपालको २ सय रन पुरा

आईसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेविरुद्ध २ सय रन पुरा गरेको छ। हरारे स्पोर्ट्स क्लबमा टर हारेर पहिला ब्याटिङ गरेको नेपालले ३८.२ ओभरमा २ सय रन पुरा गरेको हो।

नेपालका लागि सुरुआत दिलाउने क्रममा कुशल भुर्तेलले ९९ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे। उनी ३५औं ओभरको पाँचौं बलमा ह्यामिल्टन मासाकाट्जाको बलमा बोल्ड भए। यस्तै, मासाकाट्जाकै बलमा आउट भएका आसिफले १ सय बलमा ७ चौका प्रहार गर्दै ६६ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गर्दैै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यो नेपालको एकदिवसीय क्रिकेटको कुनैपनि विकेटका लागि सर्वाधिक साझेदारी हो।

ताजा अवस्थामा नेपालले ४० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा २१ रन बनाएको छ । क्रिकेजमा कुशल मल्ला २६ बलमा २१ रन बनाएर खेलिरहेका छन् भने रोहित पौडेलले १९ बलमा १७ रन बनाएका छन्। कुशलले २ चौका र १ छक्का प्रहार गर्दा रोहितले ३ चौका प्रहार गरेका छन्