नेपालले मलेसियासँग एकदिवसीय सिरिज खेल्ने

आईसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल र मलेसियाबीचको ३ खेलको एकदिवसीय सिरिज पोखरा रंगशालामा अयोजना हुने छ ।

मलेसियन राष्ट्रिय क्रिकेट टिम सुनसरी सदरमुकाम इनरुवामा जारी मोनमोहन स्मृति एकदिवसीय प्रतियोतिगा (एमएम कप) खेल्न नेपाल आउँदै छ । सोही अवसरमा नेपालले आईसिसी विश्वकप लिग–२ को तयारीका लागि मलेसियासँग एकदिवसीय सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।

नेपाल र मलेसियाबीचको एकदिवसीय सिरिजको मिति भने तय भइनसकेको क्यानले जनाएको छ । आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको क्लोज क्याम्प नेपालले पोखरामै गर्न लागेकाले मलेसियासँगको सिरिज पनि पोखरामै हुने भएको हो ।

मलेसियन टिम २४ गते नेपाल आउने छ । एमएम कपमा मलेसिया समूह डीमा छ । जसमा सुदूरपपिश्चम प्रदेश र गण्डकी प्रदेश छन् । मलेसियाले पुस २६ गते पहिलो खेल सुदूरपश्चिमसँग खेल्ने छ भने २८ गते गण्डकी प्रदेशसँग खेल्ने छ ।

आईसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको क्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिता दोहोरो राउन्ड रोबिन लिगमा आधारमा हुने छ ।

नेपालले माघ २२ गते ओमानसँग खेल्दै विश्वकप लिग–२ को सुरुवात गर्ने छ । यसतै, नेपालले २५ गते अमेरिका, २६ गते ओमान र २९ गते पुनः अमेरिकासँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.