ग्लोबल क्वालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग सिरिज खेल्ने

Read Time:2 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले यसै वर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा छ। ग्लोबर छनोटकै तयारी स्वरुप नेपालले टि–२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार मार्चमा हुने ग्लोबल क्लालिफायरअघि नेपालले चार देशीय टि–२० सिरिज खेल्ने भएको हो। नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड, ओमान र युएईसँग सिरिज खेल्ने पक्का भएको हो।

सिरिज ओमानमा माघ २८ देखि फागुन २ गतेसम्म हुने क्यानले जनाएको छ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ। सिरिजका सबै खेलले टि(२० अन्तर्राष्ट्रियको मान्यता पाउने छ।

ग्लोबल छनोटमा नेपाल, आयरल्यान्ड, आमोन र युएई एउटै समूहमा छन् । यी चार टिमसँगै समूह एमा बहराइन, जर्मन, क्यानडा र फिलिपिनस पनि छन् । समूह एका ८ टिमलाई पनि २ समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह २मा छ । यो समूहमा ओमान, क्यानडा र फिलिपिन्स छन्। यता, समूह १मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्। यी दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन् । र, सेमिफाइनलमा विजयी हुने दुई टिमले अस्ट्रेलियामा हुने विश्वपक खेल्न पाउने छन्।

क्यालिफायरको समूह एको खेल ओमान र समूह बीको खेल जिम्बाबेमा आयोजना हुने छ । छनोटमा नेपालले फागुन ६ मा ओमान, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रिमियर लिग : वाट्फोर्डलाई रोलिगेसनको डर, नर्विचलाई राहत
Next post आइपिएलको मेगा अक्सनमा सन्दीपसहित १५ खेलाडी, कुल १२१४ खेलाडी
Close