नेपालले मलेसियासँग टि–२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग टि–२० सिरिज खेल्ने भएको छ । सन् २०२०मा आयोजना हुने टि–२०को एसिया छनोटको तयारीमा रहेको नेपालले २ खेलको टि–२० सिरिज खेल्न लागेको हो ।

खेल जुलाई १३ र १४ तारिखमा हुने छ । दुवै खेल मलेसियास्थित किन्नरा ओभलमा हुने तय भएको छ । टि–२० विश्वकप छनोटको तयारी स्वरुप मलेसिया क्रिकेट सिरिज आयोजना गर्न लागेको हो ।

एकदिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो टि–२० सिरिज हो । यसअघि नेपालले गत माघमा युएईसँग ३ खेलको टि–२० सिरिज खेलेको थियो । सो सिरिज नेपालले २–१ ले जितेको थियो ।

समग्रमा भने एकदिवसीय मान्यता पाएपछिको यो नेपालको चौथो सिजिन हो । नेपालले नेदरल्यान्ड्सँग २ खेलको एकदिवसीय सिजिज खेलेको थियो भने युएईसँग ३–३ खेलको टि–२० र एकदिवसीय सिजन खेलेको थियो । युएईविरुद्धका दुवै सिजन २–१ जितेको नेपालले नेरल्यान्ड्ससँग भने सिरिज १–१ मा सकाएको थियो ।

टि–२० विश्वकपको एसिया छनोट जुलाई २० देखि २८ सम्म सिंगापुरमा आयोजना हुँदै छ । सो छनोटमा नेपाल र मलेसियासँगै सिंगापुर, कुवेत र कतार रहेका छन् । छनोटको विजेताले टि–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । ग्लोबल छनोट अक्टोबर ११ देखि नेभेम्बर ३ सम्म युएईमा आयोजना हुने छ ।

विश्वकप छनोटको तयारीमा नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणकै दौरानले १८ सदस्यीय नेपाली टोलीको घोषणा हुने छ ।

मलेसियाविरुद्धको टि–२० सिरिजसँगै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवालको प्रशिक्षणको औपचारिक यात्रा सुरु हुने छ । नेपाली टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका पटवाललाई आईसिसीले गत महिना नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP