घरेलु मैदानमा ५०औं टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

Read Time:2 Minute

घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टि–२० सिरिजको पपुवा न्यूगिनीविरुद्धको तेस्रो खेलसँगै नेपालले टि–२० अन्तर्राष्ट्रि नयाँ कोसेढुंगा पार गर्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुने खेल नेपालका ५०औं टि–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।

सन् २०१४ मा बंगलादेशमा आईसीसी टि–२० विश्वकपमाफृत टि–२० अन्तर्राष्ट्रियमा नेपालले डेब्यु गरेको थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टि–२० मान्यता पाएको थियो ।

नेपालले हङकङसँग त्यो ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो । चटगाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दि म्याच भएका थिए ।

बंगलादेशबाट सुरु भएको टि–२० अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्याण्ड, युएई, लर्ड्स, ओमान लगायत ठाउँ पुगिसकेको छ । अहिले संयोग कस्तो जुरेको छ भने नेपालले ऐतिहासिक ५० औं खेल घरेलु मैदानमा खेल्दैछ ।

नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।

नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । उनले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकको मद्दतमा ८०३ रन बनाएका छन् । यस्तै कप्तान सन्दीप लामिछानेले ३५ खेल खेल्दै सर्वाधिक ६७ विकेट लिएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अहिलेसम्म १६ राष्ट्रले ५० वा त्योभन्दा धेरै टि–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सबैभन्दा धेरै टि–२० अन्तर्राष्ट्रिय खेल्ने टिम पाकिस्तान हो । पाकिस्तानले १८९ खेल खेलेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आइपिएलमा कोलकातामाथि बैंग्लोरको जित
Next post पपुवा न्युगिनीसँग खेल्दै नेपाल, नजर फाइनलतर्फ
Close