पुलिसले बनायो घरेलु क्रिकेटकै सर्वाधिक रन, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा

Read Time:2 Minute

काठमाडौंमा जारी प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले टि–२० क्रिकेटमा घरेलु क्रिकेटको सर्वाधिक रन बनाएको छ। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा टि–२० क्रिकेटकै सर्वाधिक रन बनाउने क्रममा पुलिसले २४४ रन बनायो।

कीर्तिमानी योगफल बनाएको पुलिसले कर्णाली प्रदेशमाथि ८९ रनको जित निकाल्यो । लगातार तेस्रो जित निकालेसँगै पुलिस समूह एबाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।

एक खेलबाँकी छँदै सेमिफाइलनमा स्थापन बनाएको पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो । कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

पुलिसले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । उसका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने ।

यस्तै, कप्तान रविन्द्र शाही र दिवान पुनले समान १७ रन बनाए । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रन बनाए । उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा दिलीप नाथ १० बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । यस्तै, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले समान दुई विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्पेनिस सुपरकपको उपाधिका लागि रियल र बिल्बाओ भिड्ने
Next post पिएम कप क्रिकेट : सुदूरपश्चिममाथि आर्मीको जित
Close