लो स्कोरिङ म्याचमा बलिङमा चम्किए आरिफ, सुदूरपश्चिममाथि पुलिसको २ रनको रोमाञ्चक जित

Read Time:1 मिनेट

प्रधानमन्त्री कप टि–२० प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। मुलपानी क्रिकेट मैदानमा सोमबार भएको लो स्कोरिङ म्याचमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सक्यो । उसका गजेन्द्र बोहराले २७ तथा नारायाण जोशीले २२ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । झिनो लक्ष्यमा पनि टिमलाई जित दिलाउने क्रममा पुलिसका आरिफ सेखले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।

पहिला ब्याटिङ गरेको पुलिस निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाएको थियो । उसका कुशल भुर्तेलले २१ तथा पवन सर्राफले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। सुदूरपश्चिमका नारायाण जोशी र आदित्य महतले समान ३ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जितेन्द्र मुखियाको घातक बलिङमा आर्मी विजयी
Next post ब्रिगेड बोइजसँग रोकियो पुलिस
Close