नेपालको स्टकल्यान्ड टुर स्थागित

सन् २०२३ को विश्वकप विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले स्टकल्यान्डमा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बिहीबार नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्थगित गरेको हो ।

स्कटल्यान्डमा जुलाई ४ देखि ११ तारिखसम्मका लागि तय भएको त्रिकोणात्मक सिरिज कोरोना भाइरसका महामरीका कारण आईसिसीले स्थगित गरेको हो । योसँगै विश्वकप क्रिकेट लिग–२को नेपालको तेस्रो सिरिज स्थागित भएको छ ।

कोरोनाको महामारीका आईसिसीले यसअघि अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्ड तथा जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा हुने नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज स्थगित भएको थियो ।

आईसिसी विश्वकप क्रिकेट लिग–२मा नेपालले एउटा मात्र सिरिज खेलेको छ । नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । जसमा नेपाल ४ मध्ये २ खेल जितेको थियो । नेपालले ओमानसँगका दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।

एकदिवसीय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको लिग–२मा ७ टिम सहभागी छन् । यीमध्ये शीर्ष ३ टिमले विश्वकप छनोट खेल्ने छन् भने पुछारका ४ टिमको छनोटमा पुग्न प्लेअफ खेल्ने छन् । लिग–२मा नेपाल, अमेरिका, ओमान, युएई, स्कटल्यान्ड, पपुवा न्यूगिनी र नामिबिया सहभागी छन् ।

प्रत्येक टिमले ९ वटा त्रिकोणात्मक सिरिज खेल्ने छन् । नेपाल तीनवटा सिरिज हुने छ । लिग२ मा १० खेलमा १६ अंक जोडेका ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक नै जोड्दै अमेरिका दोस्रो स्थानमा छ । ओमानले आफ्ना राजाको मृत्युका कारण २ खेल भने खेलेको थिएन । ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ अंकका साथ युएई पाँचौं, ४ अंकका साथ नेपाल छैठौं स्थानमा छ भने अंकबिहीन पपुवा न्युगिनी पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *