नेपालको एकदिवसीय र टि–२० वरियता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले एकदिवसीय र टि–२० क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ। आईसिसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार नेपालको टि–२० र एकदिवसीय वरियता यथावत छ।

नेपाल एकदिवसीयमा १६औं स्थानमा छ भने टि–२० वरियतामा १३औं स्थानमा छ । पछिल्लो तीन महिना यता कुनै पनि खेल नभएकाले नेपालको वरियता यथावत रहेको हो । वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपालल कुनै पनि खेल खेलेको छैन ।

एकदिवसीय वरिता न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ। यस्तै, पाकिस्तान छैठौं, बंगलादेश सातौंँ, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र अफगानिस्तान दशौं स्थानमा छ।

यसैगरी टि–२० वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छ। यस्तै, दक्षिण अफ्रिका छैठौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छ।

यस्तै, टेस्ट वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा यथावत छ। टेस्ट वरियतामा भारत दास्रो, अस्ट्रेलिया तेस्रो, इंग्ल्यान्ड चौसो र पाकिस्तान पाँचौँ स्थानमा छ।

Facebook Comments Box