
लुम्बिनीको कप्तानी दीपेन्द्रले गर्ने
नेपाल क्रिकेट संघ ९क्यान०ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टारको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।
बुधबार एक कार्यक्रम आयोजना गर्दै लुम्बिनीले शुक्रबारबाट सुरु हुने प्रतियोगिताका लागि दीपेन्द्रको कप्तानीमा टिम घोषणा गरेको छ। टिममा ७ विदेशीसहित १८ खेलाडी छन्।
लुम्बिनीले विदेशी खेलाडीका रुपमा भारतीय यू १९ टिमका कप्तान समेत रहेका उन्मुक्त चन्द, विपुल शर्मा, प्याट ब्राउन, क्लाउड भान शाल्विक, ह्यारी टेक्टर, हर्मित सिंह र लहिरु मिलान्थालाई अनुबन्धन गरेको छ।
नेपाली खलाडीमा दीपेन्द्रसँग ैकुशल भुर्तेल, सागर ढकाल, गुल्सन, सुनिल धमला, योगेन्द्रसिंह ऐरी, किशोर महतो, इशान पाण्डे, अनिलकुमार साह, आकाश चन्द, तिलकराज भण्डारी छन्।
उसले मुख्य प्रशिक्षकका रुपमा पिटर ट्रेगो र प्रशिक्षक मनोज कटवाललाई नियुक्त गरेको छ । ६ टिम सहभागी प्रतियोगितामा पुस ९ गते लुम्बिनीले विराटनगर किंग्ससँग खेल्ने छ।