विनोद र शाहिदीको कीर्तिमानी साझेदारीमा फार वेस्टको जित, प्लेअफ सम्भावना कयमै

Read Time:2 Minute

प्रतियोगितामा पहिलो पटक ओपनिङमा आउका विनोद भण्डारी र हस्मतुल्लाह शाहिदीले कीर्तिमानी साझेदारी गरेपछि नेपाल टि–२० लिगमा फार वेस्ट युनाइटेडले सानदार जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा विनोद र शाहिदीले पहिलो विकेटका लागि कीर्तिमानी १५७ रनको साझेदारी गरेपछि फार वेस्टले काठमाडौं नाइट्समाथि ८३ रनको जित निकाल्यो।

यो जितसँगै फार वेस्टको प्लेअफ पुग्ने सम्भावना कायमै छ । ८ खेलमा उसले ४ अंक जोडेको छ, र उ तालिकाको पुछारमा छ। अब उसले बाँकी दुवै खेल जितेमा ऊ प्लेअफ पुग्न सक्छ । तर, त्यसका लागि उसले अन्य खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ। यो हारले काठमाडौंलाई पनि तनाव दिएको छ। ८ अंक जोडेको उ अन्तिम खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिन सक्छ।

पहिला ब्याटिङ गर्दै फार वेस्टले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । उसका लागि कमलसिंह ऐरीले सर्वाधिक २० रन बनाउँदा कप्तान ज्ञानेन्द् मल्ल र सन्दीप रजालीले समान १७ र सुनाम गौतमले १६ रन बनाए।

काठमाडौंलाई रोक्ने क्रममा फारवेस्टका करण केसी, दुर्गेस गुप्ता र शाहिदीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको फार वेस्टले विनोद र शाहिदीको विस्फोटक ब्याटिङ मद्दतमा ४ विकेटको क्षतिमा १९७ रन बनायो । यी दुई पहिलो विकेटका लागि कीर्तिमानी १५७ रनको साझेदारी गरेका थिए।

शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रन बनाउँदा विनोदले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन बनाए। यस्तै, करण केसीले ८ बलमा ३ छक्का प्रहार गर्दै २२ रन बनाए। काठमाडौंका वसिर अहमदले ३ तथा अविनाश बोहराले १ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भुटनिज युथ स्पोर्टस् आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि संकटासँग खेल्ने
Next post प्रतिबन्धमा रोनाल्डो, साउदी प्रो लिगमा आज डेब्यू गर्न नपाउने
Close