
फार वेस्ट युनाइटेडमा अफगानी कप्तानदेखि जिम्बाबेका अलराउन्डरसम्म
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज लिग नेपाल टि–२० लिगका लागि फार वेस्ट युनाइटेडले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाएका क्रिकेटर अनुबन्ध गरेको छ।
उसले विदेशी कोटामा जिम्बाबेका राष्ट्रिय टिमका अलराउन्ड सेन विलियम्स देखि अफगानिस्तानका वर्तमान कप्तान हजमतुल्लाह शाहिदीसम्मलाई अनुबन्ध गरेको छ।
यी दुईसँगै उसले अफगानिस्तानकै पूर्व विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद, वेस्ट इण्डिजका अलराउन्डर म्याथ्यु फोर्ड तथा पाकिस्तानका उमर अलीलाई अनुबन्धन गरेको छ।
यी विदेशी खेलाडीमध्ये सेन विलियम्स उत्कृष्ट खेलाडी हुन्। उनले अहिलेसम्म १४ टेस्ट, १४७ एकदिवसीय र ६६ टि–२० आई खेलेका छन्। जसमा उनले क्रमशः १०३४, ४२६६ र १४२९ रन बनाएका छन्। यस्तै उनले २१, ७७ र ४३ विकेट लिएका छन्।
फास्ट वेस्ट युनाइटेडमा करण केसी मार्की खेलाडी छन् भने विनोद भण्डारी, भीम सार्की, देव खनाल, दुर्गेश गुप्ता, रशिद खान, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ललगायतका खेलाडी छन्।
कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिता पुस ८ देखि २६ गतेसम्म चल्ने छ।