‘क्यानले गरेको सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण छ’

Read Time:3 Minute

नेपाल टि–२० लिग आयोजना सम्बन्धमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता त्रुटीपूर्ण भएको भएको बताइएको छ। प्रतियोगिता आयोजनाका क्रममा विवाद देखिएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानविन समितिले यस्तो निकर्ष निकालेको हो।

नेपाल टी–२० लिगको विवादका विषयमा छानविन गर्न राखेपले पुस २० गते कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा प्रकाश कुसारी, सरोजकुमार पोखरेल, सुवास बिसी र भोजानन्द राई थिए ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गत भएको नपाइएको समितिले जनाएको छ।

म्याच फिक्सिङ, स्पट फिक्सिङ प्रकरणमाथि नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेका कारण राखेपको छानबिन समितिले त्यसमा खास प्राथमिकता दिएको छैन । त्यसबाहेक श्रम स्वीकृति, पारिश्रमिक र क्यानले प्रतियोगिताका लागि तेस्रो पक्षसँग गरेका सम्झौताबारे गहन अनुसन्धान गरिएको दाबी ती सदस्यले गरेका छन् ।

छानबिन समितिले १–२ दिनमै राखेप सदस्य सचिवलाई बुझाउने तयारी गरेको छ। समितिले आयोजनाका क्रममा गरिएका अधिकांश निर्णय र प्रक्रियामा क्यानमाथि प्रश्न उठाइएको छ।

समितिले प्रतियोगितासँग सरोकार राख्ने ८ जना खेलाडी, ४ जना विज्ञ र क्यानका ५ जनासँग बयान लिएको थियो । पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल, कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, प्रदीप ऐरीलगायतसँग समितिले बयान लिएको छ।

यस्तै समितिले क्यान अध्यक्ष चतुरबहादुर चन्द, निवर्तमान सचिव अशोक प्याकुरेल, कार्यवाहक सचिव प्रशातविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र पूर्व कप्तान एलबी क्षेत्री, त्यस्तै पूर्वप्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, महाप्रबन्धक वृतान्त खनाललगायतसँग पनि समितिले बयान लिएको थियो।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post १८ वर्षीय ब्राजिलियन मिडफिल्डर भित्र्याउन खोज्दै रियल
Next post पुमासले रद्द गर्‍यो अल्भेससँगको सम्झौता
Close