
ओमरजाइको विस्फोटक ब्याटिङ, काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य
नेपाल टि–२० लिगको उद्घाटन खेल अफगानी अलराउन्डर अज्मतुल्लाह ओमरजाइले विस्फोटक ब्याटिङ गरेपछि काठमाडौं नाइटले पोखरा एभेन्जर्सलाई १६३ रनेका ठूलो लक्ष्य दिएको छ। टियू मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै काठमाडौंमा निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनायो।
पहिला ब्याटिङ गरेको काठमाडौैंको सुरुआत राम्रो हुन सकेन। उसले ४८ रन बनाउँदा आफ्न महत्वपूर्ण ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका ओमरजाइ र सुनाम गौतमले काठमाडौंको इनिङ सम्हालेका थिए।
विस्फोटक ब्याटिङ गरेका ओमरजाइले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८५ रन बनाए । सुनामले २८ बलमा २७ रन बनाए । यी दुईले छैटौं विकेटका लागि ११४ रनको उत्कृष्ट पारी खेलेका थिए।
यस्तै, एलेक्स ब्लाकले २१ र वीरनदीप सिंहले १० रन बनाए।
पोखराका जाहिर खान र प्रतिश जिशीले समान २ विकेट लिँदा मौसम ढकालले १ विकेट लिए।