
अनुभवी विदेशी खेलाडीलाई समेट्दै पोखराले सार्वजनिक गर्यो टिम
शुक्रबारबाट सुरु हुने नेपाल टि–२० लिगका लागि पोखरा एभेन्जर्सले टिम सार्वजनिक गरेको छ। शरद भेषावकर मार्की खेलाडी रहेको पोखराले बुधबार १६ सदस्यीय टिम सार्वजनिक गरेको हो।
पोखराको टिम निकै सन्तुलित देखिएको छ। उसमा नेपाली क्रिकेट र अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवनी खेलाडी छन्।
पोखरामा शरदसँगै आसिफ सेख, आरिफ सेख, कुशल मल्ललगायत स्टार खेलाडी छन् भने उसले अनुबन्धन गरेका ५ विदेशी खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटबा अनुभवी खेलाडी छन्।
पोखराले पाकिस्तानका अलराउन्ड मोहम्मद हाफिज र अमीर हाज्मा, श्रीलंकाका उपुल थरंगा, भारतका अभिमन्यू मिथुन र अफगानिस्तानका जाहिर खानलाई अनुबन्धन गरेको छ।
सामसनजंग थापाको प्रशिक्षमा रहेको पोखराले शुक्रबार काठमाडौं नाइट राइडर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।
टिम ः शरद भेषवाकर, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, प्रतिश जिशी, सिद्धान्त लोहनी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, विशाल विक्रम केसी, मौषम ढकाल, तुलबहादुर थापा, मोहम्मद हाफिज, उपुल थरंगा, जाहिर खान, अभिमन्यु मिथुन र अमिर हम्जा ।