अन्तिम ओभरमा अदिलले उत्कृष्ट बलिङ गरेपछि नेपाल हारबाट जोगियो

Read Time:2 Minute

युवा अलराउन्डर अदिल आलमले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि विश्वकप लिग–२ अन्तर्गतको चौथो सिरिजको दोस्रो खेलमा नेपाल हारबाट जोगिएको छ। अदिलले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएपछि नेपालले अमेरिकाकासँग बरारबी खेल्दै अंक बाँडेको हो।

२७५ रनको लक्ष्य पछ्याएको अमेरिकालले ६ विकेटको क्षतिमा २७४ रन बनायो । अन्तिम ओभरमा उसलाई जितका लागि ६ रन चाहिएको थियो । सुरुआती ४ बलमा अदिलले ५ रन मात्र दिए । त्यसपछि पाँचौ बलमा आदिलले आरोन जोन्सलाई रोहित पौडेलबाट क्याचआउट गराए भने अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाका लागि ओपनर स्टेभन टेलरले शतकीय योगदान दिए । उनले १२३ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ११४ रन बनाए। यस्तै, कप्तान मोनांक पटेलले पटेलले ८५ रन जोडे ।

नेपाललाई हारबाट जोगाउन क्रममा ओडिआईमा डेब्यू गरेका आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरेपछि फिनिसिङमा चुक्दा ठूलो योगफल बनाउन सकेनन्। नेपालले अन्तिम ७ विकेट ३१ रन बनाउँदा गुमाएको थियो । ४३ ओभरमा २४३ बनाउँदा ३ विकेट गुमाएको नेपाल २ बल बाँकी छँदै २७४ रनमा अलआउट भयो।

नेपालका लागि आसिफ सेख, देव खनाल र रोहितकुमार पौडेलले अर्धशतकीय योगदान दिए। नेपालका लागि रोहितले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे । यस्तै, अदिल आलमले २४ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे ।

अमेरिका लागि रस्टी थेरोनले सर्वाधिक चार तथा अली खान र सौरभ नेत्रवाल्करले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post १ सय मिलियनमा रियलले भित्र्यायो मिडफिल्डर चुवामेनी
Next post एन्फा मुख्यालयमा ललितकृष्णको सालिक
Close