चल्यो पवन र सन्दीपको ब्याटिङ, नेपालले दियो बंगलादेशलाई २६२ रनको लक्ष्य

श्रीलंकामा जारी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ । पहिलो खेलमा आयोजक श्रीलंकाविरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले बंगादेशविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रनको चुनौतिपूर्ण योगफल बनायो ।

नेपालको ठूलो योगफलमा ओपनर पवन सर्राफ र मिडलअर्डर ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय योगदान दिए । टस जितेर बंगलादेशले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालका लागि पवनले सर्वाधिक ८१ रन बनाए । उनले १०९ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे ।

यसैगरी श्रीलंकाविरुद्ध मौका नपाएका सन्दीपले आक्रामक ब्याटिङ गरे । उनले ३७ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५७ रनको इनिङ खेले । यस्तै, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए ।

बंगलादेशका तन्जिम हसिम सकिब र साहिन अलामले समान २ विकेट लिए भने मृत्युञ्जय चौधरी, रकिबुल असन, मिन्हाजुर रहमान, टोहिद हृदोयले समान १ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको बंगालादेशलाई नेपालले सुरुवातमै दबाबमा राखेको छ । ५ ओभरभित्रै बंगालदेशका दुवै ओपनरलाई पभेलियन फार्काउँदै नेपालले टेस्ट राष्ट्र बंगलादेशलाई दबाब दिएको हो । बंगलादेशले ५ ओभरको समाप्तिमा १९ रन बनाउँद २ विकेट गुमाएको छ । नेपालको कमलसिंह ऐरी र रसिद खानले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP