क्रिकेटराष्ट्रिय क्रिकेट

रोहित पौडेल आउट, नेपाललाई तेस्रो झट्का

एसिया क्रिकेटमा भारतविरुद्ध खेरिहेको नेपाललाई तेस्रो झट्का लागेको छ। श्रीलंकास्थित पेल्लेकेल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो।

रोहित रविन्द्र जडेजाको बलमा स्लिपमा रोहित शर्माबाट क्याच आउट भए। उनले ८ बलमा ५ रन बनाए।

ताजा अवस्थामा नेपालले २१औं ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ९९ रन बनाएको छ । क्रिजमा आसिफ सेख ७५ बलमा ४४ रन बनाएर खेलिरहेका छन् भने उनलाई कुशल मल्लले साथ दिइरहेका छन्।

त्यसअघि पहिलो विकेटका रुपमा कुशल भुर्तेल ३८ रनमा आउट भए। आक्रामक ब्याटिङ गरेका उनी दशौं ओभरको पाँचौं बलमा आउट भए। सार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै भीम सार्की रविन्द्र जडेजाको बलमा इन्साइड एज लागेर बोल्ड भए। उनले १७ बलमा ७ रन बनाए।

नेपाललाई दुई ओभरले अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए।