एसिया कपअन्तर्गत भारतविरुद्ध जारी नेपालले आठौं विकेट गुमाएको छ। श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा बलियो भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गरिरहेको नोपलले आठौं विकेटका रुपमा सोमपाल कामीलाई गुमायो।
उत्कृष्ट ब्याटिङ गरेका सोमपाल अर्धशतक बनाउन २ रनले मात्र चुके । मोहम्मद सामीको बलमा विकेटकिपर इशन किशनबाट क्याच आउट हुनुअघि उनले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे।
लागतार २ विकेट गुमाएपछि नेपालले ताजा अवस्थामा ४७.४ ओभरमा ९ विकेटको क्षतिमा २२९ रन बनाएको छ।
नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।
यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे। आसिफ र कुशल पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।
यस्तै, हार्दिक पाण्ड्याको बलमा एलबिडब्लु आउट भएका दीपेन्द्रले २५ बलमा ३ चौका प्हार गर्दै २९ रन बनाए। दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५० रनको महत्वपूर्ण साझेदारी गरे।
यी दुईका अलावा गुल्सन झाले ३५बलम ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।
भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर, हार्दिक पाण्ड्या, मोहम्मद सामी र मोहम्मद सिराजले समान १ विकेट लिए।