नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक सिनियर लेभलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। एसिया कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल र भारत भीड्न लागेका हुन्।
खेल श्रीलंकको पाल्लेकेल रंगशालामा आज दिउँसो ३:१५ बजे सुरु हुनेछ। नेपाली खेलाडीलाई हौसला बढाउन थुप्रै समर्थक श्रीलंका पुगेका छन्।
नेपाली खेलाडीको मनोबल उच्च बढाउन अर्ना वियरले नगद पुरस्कारको घोषणा गरेको छ। उसले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई शुभकामना दिँदै भारतविरुद्ध बाउन्ड्री र विकेट लिने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको हो।
अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्कामा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, उसले प्रत्येक विकेटमा पनि १ लाख रुपैयाँ नै दिने घोषणा गरेको छ। यस्तै उसले प्रत्येक चौकामा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ।