हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ। वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारतसँग खेल्न रद्द भएको हो।
पहिलो खेलमा पाकिस्तानलाई कडा टक्कर दिएको नेपाली टिम ९ रनले मात्र पराजित थियो। भारतसँगको यो बराबरीले अघिल्लो चरण पुग्ने नेपालको सम्भावना कायमै छ।
समूह बीमा भारत र पाकिस्तानले समान ३ अंक जोडेका छन् भने् नेपाल र हङकङको समान १ अंक छ। यसअघि बिहीबारै तय भएको पाकिस्तान र हङकङबीचको खेल पनि रद्द भएको थियो।
नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। ८ टिमहभागी प्रतियोगितामा टेस्ट राष्ट्रका ए टिम सहभागी छन्।