बलिङमा चम्किए दीपेन्द्र, आयरल्यान्ड १२७ रनमै अलआउट

SHARE TO:
Read Time:1 Minute

टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट प्रशर्दन गरेका छन् । ओमान जारी चार देशीय टि–२० सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आयरल्यान्डलाई १२७ रनमै अलआउट गरेको छ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा अफ स्पिनर दीपेन्द्रसिंह ऐरीले घाततक बलिङ गरेपछि आयरल्यान्ड इनिङको अन्तिम बलमा अलआउट हुँदै १२७ रनमै मेटियो ।

आयरल्यानडका जर्ज डकरेलले २२ बलमा सर्वाधिक २८ रन बनाउँदा कर्टिस च्याम्परले २० र कप्तान एन्डी बेलबिनेइले १९ रनको योगदान दिए । यस्तै, लोकएन टुकरले १५ र शन गेटकेटले १४ रनको योगदान दिए।

आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले समान १ विकेट लिए।

आयरल्यानडविरुद्ध प्रशिक्षक पुबुदु दासानायकले ३ तीन परिवर्तन गरेका छन् । युएईविरुद्ध खेलेका विवेक यादव, आरिफ सेख र साहब आलमको स्थानमा उनले कुशल भुर्तेल, कुशल मल्ल र अभिनाश बोहराललाई मौका दिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post आयरल्यान्डविरद्ध पाउन सक्छन् दुई कुशलसँगै करणले मौका
Next post आयरल्यान्डविरुद्ध नेपालको चल्यो बलिङ, चलेन ब्याटिङ
Close