जिम्बाबे एसँग नेपाल ६ विकेटले पराजित

Read Time:2 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिम टेस्ट राष्ट्र जिम्बाबेको ए टिमसँग पराजित भएको छ। टि–२० सिरिज अन्तर्गत आइतनबार भएको पहिलो खेलमा नेपाल टियू मैदानमा ६ विकेटले पराजित भएको छ।

टियू मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाबेले ७ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि टाडिवान्स्हे मारुमानीले सर्वाधिक ५६ रन बनाए । उनले ४१ लबमा समान ३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, कप्तान टोनी मुन्योङ्गाले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ७ छक्का प्रहार गर्दै ५० रन बनाए। यस्तै, इनोसेन्ट काइले ३० बलमा ९ चौका प्रहार गर्दै ४७ रन बनाए।

बलिङमा डेब्यू खेलाडी बासिर अहमदले सर्वाधिक २ विकेट लिए । युवा स्पिनर अहमदले ३.५ ओभरमा २२ रन खर्चिए। यस्तै, कप्तान सन्दीप लामिछाने र करण केसीले पनि समान १ विकेट लिए।

युवा ब्याट्सम्यान अदिल अन्सारीले विस्फोटक ब्याटिङ गरेपछि नोपलले टेस्ट राष्ट्र जिम्बाबे एलाई १८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियू पहिला ब्याटिङ गरेको नेपालले निर्धातिर ओभरमा १५ विकेट गुमाउँदै १८१ रन बनायो ।

नेपालका लागि अदिल आलमले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौका मद्दतमा ४६ रन बनाए ।

यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । जिम्बावेका ब्राड इभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले समान १ विकेट लिए।

विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले जिम्बाबे एसँग समान तीन खेलको एकदिवसीय र टि–२० सिरिज खेलिरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post असन्तुष्ट खेलाडीलाई टिममा नराख्ने अल्मुताइरीकाे अडान
Next post एनभिए भलिबलमा गण्डकी र पुलिस विजयी
Close