टि–२० आईमा दिलिप नाथको डेब्यू, मलेसियाविरुद्ध नेपालले बलिङ गर्ने

Read Time:1 Minute

विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक टि–२०को मलेसियाविरुद्धको खेलमार्फत दिलिपले टि–२० आईमा डेब्यू गरेका हुन्।

प्रशिक्षक पुबुदु दासानायकले दिलिपलाई लोकेश बमको स्थानमा टिममा राख्दै डेब्यू गराएका हुन्। पपुवा न्युगिनीविरुद्ध जित निकाल्दाको नेपाली टममा प्रशिक्षक दासानायकेले एकमात्र परिवर्तन गरेका छन्।

दिलिपले सन् २०१७ मा युएईविरुद्ध नेपाली सियिनर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी २०१८ को एकदिवसिय विश्वकप छनोटमा जिम्बावे भ्रमणमा नेपाली टोलीमा थिए । त्यसयता उनी राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।

खेलमा मलेसियासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । सिरिजमा दुवै टिमले समान १ जित निकालेका छन्।

नेपाली टिम ः सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, दिलिप नाथ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र रोहित पौडेल ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप छनोटमा ब्राजिलको सहज जित, रोकियो अर्जेन्टिना
Next post मलेसियाविरुद्ध नेपालको उतकृष्ट बलिङ, नेपाललाई ११५ रनको सामान्य लक्ष्य
Close