सोमपाल र करण चम्किँदा नेपालले मलेसियालाई हरायो, लिगको विजेता बन्दै नेपाल फाइनलमा

सोमपाल कामी बलिङमा र करण केसी ब्याटिङमा चम्किएपछि त्रिकोणात्मक टि२० सिरिजको अन्तिम खेलमा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको लिगको अन्तिम खेलमा सोमपालले ३ विकेट र करण केसीले १३ बलमा ४५ रन बनाएपछि नेपालले मलेलियालाई ६९ रनले हरायो ।

यो जितसँगै नेपाल समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेको छ। नेपालले समूहका ३ खेल जित्यो । नेपालले सुरुवाती दुई खेलमा मलेसिया र नेदरल्यान्ड्सलाई समान ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो। प्रतियोगितामा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्स दोस्रो हुँदै फाइनल पुग्यो। नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल शनिबार हुनेछ ।

मलेसियाले टस जितेपछि ब्याटिङमा नेपालले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो । जवाफमा आएको मलेसिया १९।१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो ।

मलेसियाका अमिनुद्धिन राम्लीले ४१ रन बनाए । उनले १८ बल खेली १ चौका ५ छक्का प्रहार गरे । कप्तान अहमाद फेज २१ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३१, फिती शाम १४ र वीरनद्विप सिंह १३ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा १ मेडलसहित २० रन खर्चेर ३ विकेट लिए। यस्तै, सन्दीप लामिछाने, कमलसिंह ऐरीले पनि समान ३ विकेट लिए ।

यसअघि करण केसीले १३ बलमा ७ छक्का प्रहार गरी ४५ रन बनाएपछि नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै टि२० कै सर्वाधिक २१७ रन बनायो । यसअघि नेपालले यही सिरिजमा नेदरल्यान्ड्सविरुद्ध २०६ रन बनाएको थियो।

आसिफ शेख ४२ र कप्तान ज्ञानेन्द्र मल्ल ४१ रनमा आउट भए । आसिफले ३२ बल खेली ३ चौका र ३ छक्का तथा ज्ञानेन्द्रले २५ बल खेली १ चौका र ४ छक्का आउट भए । उपकप्तान दीपेन्द्रसिंह १७ बलमा ३३ रन बनाई आउट भए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

मलेसियाका मलेसियाका फित्री साम, अनवर रहमान र शैयद अजिजले समान २ विकेट लिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.