क्रिकेटराष्ट्रिय क्रिकेट

रुविना बलिङ र ब्याटिङमा चम्किँदा मलेसियामाथि नेपालको जित

टि–२० सिरिजको दोस्रो खेलमा नेपाली महिला टिम विजयी भएका छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ७ विकेटको जित निकाल्यो।

योसँगै ५ खेलको टि–२० सिरिज १–१को बराबरीमा आएको छ। सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।

पहिला ब्याटिङ गर्दै मलसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २९ रन बनाउँदा कविता कुँवरले २६ रनको योगदान दिइन्।

मलेसियाका निक नुर अटिला र विनिफ्रिड दुरासिंगमले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९६ रन बनायो। उसका लागि मास इलिसा २८ रन बनाउँदा दुरासिंगमले २० रन बनाइन्।

बलिङमा नेपालका लागि रुविना क्षेत्रले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिइन् भने इन्दू बर्माले १ विकेट लिइन्।

सिरिजको तेस्रो खेल जेठ १८ गते हुनेछ।