मलेसियाविरुद्ध नेपालको उतकृष्ट बलिङ, नेपाललाई ११५ रनको सामान्य लक्ष्य

Read Time:1 Minute

त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। टियु मैदानमा जारी खेलमा नेपालले कसिलो बलिङ गरेपछि मलेसियाले नेपालाई ११५ रनको सामान्य लक्ष्य दिएको छ।

टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो। उसका लागि जुबाइदी जुल्कीफ्लेले १५ बलमा सार्वधिक ३२ रन बनाउँदा कप्तान अहमद फइजले २४ र मुहम्मद अमीरले १६ रन बनाए।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकाकप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। करणले ३ ओभरमा १६ रन खर्चिए भने सन्दीपले २७ रन खर्चिए । यस्तै, अविनाश बोहरा, कशुल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० आईमा दिलिप नाथको डेब्यू, मलेसियाविरुद्ध नेपालले बलिङ गर्ने
Next post आसिफको आकर्षक अर्धशतक, मालेसियामाथि नेपालको ६ विकेटको जित
Close