टि–२० अन्तर्राष्ट्रियमा ओमानसँग भिड्दै नेपाल

Read Time:2 Minute

टि–२० विश्वकपको ग्लोबल छनोटको तायरीका लागि आयोजना गरिएको चारदेशीय टि–२० सिरिजको पहिलो खेलमा आज नेपालले ओमानको सामाना गर्दै छ । खेल दिउँसो ३ः४५ बजे ओमानस्थित अल अमेरेट क्रिकेट मैदानमा सुरु हुनेछ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। सिरिजमा नेपाल र ओमानसँगै युएई र आयरल्यन्ड सहभागी छन्।

सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ। नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ। फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वुल्भ्सलाई हराउँदै शीर्ष पाँचमा फर्कियो आर्सनल
Next post ओमानविरुद्ध बलिङ गर्दै नेपाल, विवके र सागरको डेब्यू
Close