ओमानसँग भिडदै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

बलियो ओमानविरुद्ध मैदान उत्रनुअघि नेपाली टिम उत्साहित छ । सोमबार मात्र पहिलो खेलमा अमेरिकाविरुद्ध ५ विकेको जित निकालेर उत्साहित बनेको नेपाली टिम ओमानविरुद्ध पनि जितको लक्ष्यका साथ मैदानमा उत्रँदै छ।

यसअघि गत वर्ष नेपालमै भएको पहिलो सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। नेपाललाई सो हारको बदला लिने अवसर पनि छ।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम हो। ओमानले १० खेलमा १६ अंक जोडेको छ। नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

Facebook Comments Box