क्रिकेटराष्ट्रिय क्रिकेट

यस्तो छ नेपालको प्लेइङ सेट, भीम बेन्च हुँदा आरिफलाई मौका

नेपालले एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मुल्तान क्रिकेट रंगशालामा भएको टसमा घरेलु टोली पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले आज पाँच प्रमुख बलर मैदान उतारेको छ। नेपालले आजको खेलमा बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीलाई मैदान उतारेको छ।

नेपालले आजको खेलमा भीमलाई बेन्चमा राखेको छ भने आरिफ सेखलाई मौका दिएको छ।

नेपाली टिम ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।