हङकङमा जारी एसिसी वुमन्स एमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा नेपाली महिला टिम टेस्ट राष्ट्र पाकिस्तानसँग ९ रनले पराजित भएको हो।
पहिला ब्याटिङ गर्दै पाकिस्तान दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कविता कुँवरले सर्वाधिक २० रन बनाइन् भने कविता जोशीले १५ रनको योगदान दिइन्। पाकिस्तानका लागि तुबा हसन र साइदा अरूब शाहले समानले २ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानलाई नेपालले अलआउट गरेको थियो । उसले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो।
उसका लागि शावाल जुल्फिकरले सर्वाधिक २८ रन बनाइन् भने फतिमा सानाले १६ तथा सदाफ शामास र गुल फेरोजाले १२ र ११ रनको योगदान दिए।
पाकिस्तानलाई अलआउट गर्न क्रममा नेपालकी इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । ३ ओभरमा ६ रन खर्चँदै ३ विकेट लिइन्। त्यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान २ विकेट लिए।
प्रतियोगितामा छनोट भएको थाइल्यान्डले अन्तिम समयमा नखेलेपछि नेपाले मौका पाएको हो। प्रतियोगितामा ४ टेस्ट राष्ट्र, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित नेपाल, हङकङ, मलेसिया र युएई गरी कुल ८ टिम सहभागी छन्। प्रतियोगियोतामा टेस्ट राष्ट्रका यू–२३ टिम सहभागी छन्।
नेपाल रहेकको समूह एमाले भारत, पास्कितासँगै हङकङ छ। नपालले जेठ ३२ मा भारत र असार २मा आयोजक हङकङसँग खेल्ने तालिका छ।