
फिलिपिन्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, टि–२०मा गुल्सनको डेब्यू
Read Time:1 Minute
टि–२० विश्वकपको ग्लोबर छनोटका दोस्रो खेलामा नेपालले फिलिपिन्सको सामाना गर्दै छ। केही समयमा ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्दै भएको छ।
फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो । यसअघि नेपालले ओमानविरुद्धको पहिलो खेलमा पनि पहिला ब्याटिङ गरेको थियो।
फिलिपिन्सविरुद्ध नेपाली टिममा केही परिवर्तन भएको छ। प्रशिक्षक पुबुदु दासानायकेले गुल्सन झा र कुशल मल्ललाई टिममा मौका दिाएका छन् । यही खेलमार्फत गुल्सनले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै छन्। ओमानविरुद्ध खेलेका विवेक यादव र कमलसिंह ऐरीले विश्राम दिएको छ।
नेपाली टिम
सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुल्सन झा र अभिनाश बोहरा ।