पपुवा न्यगिनीविरुद्ध नेपालले ब्याटिङ गर्ने, विनोद, सुशान र करणलाई मौका

ओमानमा जारी पपुवा न्युगिनी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

नेपाल र पपुवा न्युगिनीबीचको दोस्रो खेल डे नाइटमा हुन लागेको हो। नेपालले पहिलो पटक डे नाइट खेल खेलिरहेको छ।

प्रशिक्षक डेभ वाट्मोरले डे नाइट खेलमा नेपालले तीन परिवर्तन गरेका छन् । वाट्मोरले पहिलो खेलमा प्लेइङ सेटमा रहेका ब्याट्सम्यानद्वय शरद भेषावरक र आरिफ सेख तथा अलराउन्डर पवन सर्राफलाई आराम दिएका छन्।

उनीहरुको स्थानमा वाट्मोरले स्पिनर सुशान भारी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र करण केसीलाई टिममा मौका दिाएका छन्।

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पिएनजीसँग एकदिवसीय सिरिज खेलेको हो । सिरिजको पहिलो खेल नेपालले २ विकेटले जितेको थियो।

Facebook Comments Box