नेपालले घरमै गुमाए एकदिवसीय सिरिज, पिएनजीसँग ३ विकेटले पारजित

Read Time:5 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको २ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ३ विकेटको पराजय बेहोरोपछि नेपालले सिरिज गुमाएको हो।

नेपालमा भ्रमणमा रहेको पपुवा न्युगिनीले नेपालविरुद्धको सिरिज ‘क्लिनस्विप’ गरेको छ। शुक्रबार भएको सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी ६ रनले विजयी भएको छ।

शनिबार टियू मैदानमा भएको खेलमा नेपालले दिएको २७९ रनको लक्ष्प पपुवा न्युगिनीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि लेग सिआकाले १०२ बलमा १२ चौका १ छक्का प्रहार गर्दै ९० रन बनाए भने रिले हेकुरेले ४६ बलमा ४८ रन बनाउँदा सेसे बाबउले ३८, चार्लस अमिनीले ३५ रनको योगदान दिए।

खेलमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा १ मेडनसहति ३८ रन खर्चेर ३ विकेट लिए भने पवन सर्राफले २ तथा आरिफ सेख र सन्दीप लामिछानले सामान १ विकेट लिए। १ ओभरमा मात्र बलिङ गरेका गुल्सन झा घाइते भएपछि नेपालाई बलिङमा समस्या देखिएको छ।

सन्दीप बने एकदिवसीयमा दोस्रो छिटो ५० विकेट लिने खेलाडी

नेपाली कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन्।

शनिबार पपुवा न्युगिनीविरुद्ध विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गरेका हुन् । यस क्रममा उनले २२ खेलका यो उपलब्धी हासिल गरेका हुन्।

एकदिवसीय सर्वाधिक छिटो ५० विकेट लिने खेलाडी श्रीलंकाका अजन्था मेन्डिस हुन्। मेन्डिसले १९ खेलमा ५० विकेट पुरा गरेका थिए ।

यसैगरी सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २२ खेलमा यो सफलता हात पारेका हुन्।

दीपेन्द्रको मेडन शतक

नेपाली ब्याट्म्यान दीपेन्द्रसिंह ऐरीले मेडन शतक प्रहार गरेपछि टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिम २७८ रन बनायो ।

करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा दीपेन्द्रले १३६ बलमा ६ चौका प्रहार गरे । नर्मन भानुआको बलमा ४८औं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले १४० बल खेल्दै ७ चौकाको सहयोगमा १०५ रन बनाए । यो नेपालका लागि एकदिवसीय क्रिकेटको तेस्रो शतक हो । यअसघि पूर्वकप्तान पारस खड्का र रोहितकुमार पौडेलले नेपालका लागि शतक प्रहार गरेका थिए।

देवको आकर्षक अर्धशतक

युवा ब्याट्सम्यान देव खानाले राष्ट्रिय टिममा पहिलो अर्धशतक बनाएका छन् । २४औं ओभरको अन्तिम बेलमा नोर्मन भानुआलाई छक्का प्रहार गर्दै देवले अर्धशत बनाएका हुन्। राष्ट्रिय टिममा देवको यो दोस्रो खेल मात्र हो । यही सिरिजमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका देव डेब्यू खेलमा खाता खोल्ने सकेका थिएनन्।

अर्धशतक प्रहार गर्ने क्रममा देवले ७२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सुरुमा विकेट बचाएर खेलेका उनले क्रिजमा जमेपछि खुलेर सट खेलेका थिए । उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए।

यस्तै, रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाउँदा कप्तान सन्दीपले ९ बलमा आक्रमक रुपमा २४ रन बनाए ।

दिपेन्द्र र देवको कीर्तिमानी साझेदारी, नेपाल बलियो

टियू मैदानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र देव खनालले कीर्तिमानी साझेदारी गरेका छन्। पिएनजीविरुद्ध दीपेन्द्र र देवले तेस्रो विकेटका लागि १२९ रनको कीर्तिमानी साझेदारी गरे।’

यो साझेदारी एकदिवसीय क्रिकेटको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि शुक्रबार रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटको लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

पपुवा न्युगिनीका एलेइ नाओले ३ तथा नर्मन भानुआले २ विकेट लिए।

अब नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसिया सम्मिलिन त्रिकोणात्मक टि–२० सिरिज खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीप बने एकदिवसीयमा दोस्रो छिटो ५० विकेट लिने खेलाडी
Next post भक्तपुर खुला व्याडमिन्टन उपाधि दिपेश र रशिलालाई
Close