दीपेन्द्र र अदिलको विस्फोटक ब्याटिङमा नेपालले पिएनजीलाई दियो २०४ रनको विशाल लक्ष्य

Read Time:1 Minute

टियु मैदानमा जारी टी–२० क्रिकोणात्मक सिरिजका तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २०४ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पिएनजीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे। दीपेन्दले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दैै सर्वाधिक ६६ रन बनाए । यस्तै, रोहितकुमार पौडेलले २३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दैै ४१ रन बनाए ।

यस्तै, आसिफ सेखले २९ बलमा ३८ रन बनाउँदा राष्ट्रिय टिमा डेब्यू गरेका युवा अलरान्डर अदिल आलमले ११ बलमा १ चौका ३ छक्का प्रहार गर्दै ३१ रनको विस्फोटक पारी खेले।

पपुवा न्युगिनीका कावुवा मोरेआले ३ तथा रिले हेकुरले २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अमेरिका र मेक्सिको विश्वकपमा छनोट
Next post लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा, पिनएजीविरुद्धको जितमा दीपेन्द्र र करण बने हिरो
Close