
दीपेन्द्र र करणको उत्कृष्ट ब्याटिङमा नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य
दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्को अर्धशतकीय इनिङ खेल । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए।
८२ रनमा तेस्रो विकेट गुमाएको नेपाल त्यसपछि कुनै रन नजोड्दै थप २ विकेट गुमाएपछि दबाबमा आएको नेपालको इनिङ उकास्ने क्रममा दीपेन्द्रले ३८ बलमा ५ चौका प्रहार गर्दै ५४ रन बनाए । पपुवा न्युगिनीविरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र टि–२० अन्तर्राष्ट्रिष्मा १ हजार रन बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्।
यस्तै, करण केसीले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाउँदा ओपनर आसिफ सेखले २९ र कुशल भुर्तेलले २५ रन बनाए । यस्तै, युवा अलराउन्डर आदिल आलमले १५ रन बनाए ।
पपुवा न्युगिनीका सेमो कामेअले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए ।