५० रन नबनाउँदै नेपालले गुमायो २ विकेट

ओमानमा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध १३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५० रन नबनाउँदै २ विकेट गुमाएको छ।

नेपालले १२.५ ओभरमा ४७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको हो। आसिफ सेख ३० रनमा डामियन रबुको बलमा क्याच आउट भए भने कुशल भुर्तेल १५ रनमा ११.१ आोभरमा चाड सोपरको बलमा एलबीडब्लु आउट भए। दुवैको एकदिवसीयमा डेब्यू खेल हो।

ताजा अवस्थामा नेपालले १७.३ ओभरमा ६० रन बनाउँदा ३ विकेट गुमाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा १३४ रनमै अलआउट भएको थियो । उसका लागि लेगा सिअकाले सर्वाधिक ३० रन बनाउँदा चार्लस अमिनिले २३ र गाउडी टोकाले २२ रनको योगदान दिए।

पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने विक्रम सोब र कुशल मल्ले समान २ विकेट लिए । यस्तै, सोमपाल कामीले पनि १ विकेट लिए । सन्दीपले १० ओभरमा ३५ रन खर्चिए ।

यसै खेलमार्फत नेपाली राष्ट्रिय टिम र एकदिवसीय क्रिकेटमा डेब्यू गरेका बिक्रमले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। उनले ६ ओभरमा रन खर्चेर २ विकेट लिए ।

Facebook Comments Box