आसिफको शतकमा नेपालले बनायाे ओडिआईमा सर्वाधिक रन

Read Time:1 Minute

ओपनर आसिफ सेखको मेडन शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएको छ। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफले शतक बनाएपछि नेपालले एकदिवसीय क्रिकेटको सर्वाधिक २९७ रन बनायो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २९७ रनमा अलआउट भयो। यो नेपालको एकदिवसीयको सर्वाधिक रन हो। यसअघि नेपालले गत महिना कीर्तिपुरमै नामिबियाविरुद्ध १८७ रन बनाएको थियो।

नेपाका लागि आसिफ १०१ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए। सेमो कामेइको बलमा आउट हुनुअघि उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, कुशल मल्ले ५६ बलमा ४५ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तर, मिडल अर्डर चल्न नसक्दा नेपाले ३ सय रन बनाउन सकेन। यस्तै, भीम साकीले ३८ रनमा ४४ रन बनाए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए।

पपुवा न्युगिनीका लागि कामेइले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए भने रिलेइ हेकुरेले ३ तथा एलेइ नाओले १ विकेट लिए।

Happy
Happy
94 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
6 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ओडिआईमा आसिफको मेडन शतक, बनाए ओडिआईमा १ हजार रन
Next post आसिफको शतकमा पिएनजीमाथि नेपालको जित, विश्वकप छनोट खेल्ने सम्भावना जीवितै
Close