
दीपेन्द्रको शतकमा नेपालले दिएयो २७९ रनको लक्ष्य
दीपेन्द्रसिंह ऐरीले अकर्षक अर्धशतक प्रहार गरेपछि नेपालले एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनीलाई २७९ रनको लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रको शतक मद्दतमा निर्धारित ओभरमा ८ विकेटको क्षतिम २७८ रन बनायो ।
करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा दीपेन्द्रले १३६ बलमा ६ चौका प्रहार गरे । नर्मन भानुआको बलमा ४८औं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले १४० बल खेल्दै ७ चौकाको सहयोगमा १०५ रन बनाए । यो नेपालका लागि एकदिवसीय क्रिकेटको तेस्रो शतक हो । यअसघि पूर्वकप्तान पारस खड्का र रोहितकुमार पौडेलले नेपालका लागि शतक प्रहार गरेका थिए।
यस्तै, देव खानलले पनि अर्धशतकीय योगदान दिए । दोस्रो एकदिवसीय खेल खेलिरहेका उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि १२९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पु¥याएका थिए।
यस्तै, रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाउँदा कप्तान सन्दीपले ९ बलमा आक्रमक रुपमा २४ रन बनाए । पपुवा न्युगिनीका एलेइ नाओले ३ तथा नर्मन भानुआले २ विकेट लिए।