नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज एक्सन स्पोर्ट्समा हेर्न सकिने

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज स्पोर्ट्स च्यालन एक्सन स्पोर्ट्स बाट हेर्न सकिने भएको छ। २ खेलको एकदिवसीय सिरिज प्रत्यक्ष प्रशासनको जिम्मा नेपाल क्रिकेट संघ (क्यान)ले एक्सन स्पोर्ट्सलाई दिएको छ।

मंगलबार क्यान र डिसहोम नेकटवर्ट प्रालिबीच एकदिवसीय सिरिज प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिसहोम नेकटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरे।

एक्सन स्पोर्ट्स डिसहोमकै च्यानल हो । सो सिरिज एक्सन स्पोर्ट्ससँगै ‘डिसहोसम गो’ ओटिटी एप्समा पनि पनि आउनेछ।

नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज ओमानमा हुनेछ । नेपाली टिम विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेल्न ओमानमै रहेकाले एकदिवसीय सिरिज पनि आमानमै हुन लागेको हो।

सिरिज भदौ २० र २३ गते हुने छ । सिरिजको पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो डे–नाइट हुने क्यानले जनाएको छ।

Facebook Comments Box