
अहिलेजस्तो खेलिरहेका छौं, फाइनलमा पनि त्यस्तै खेल्छौं : सन्दीप
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टि–२०को फाइलनमा पपुवा न्युगिनीविरुद्ध कुनै दबाब नलिइ खेल्ने बताएका छन्। पपुवा न्यूगिनीसँगको फाइनल अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले उनले फाइलन फनि सिरिजका अरु खेलमा जस्तै हुने बताए ।
‘हामीले सिरिजका अन्य खेलमा जस्तो खेल्यौं, फाइनलमा पनि त्यसरी नै खेल्छौं’, सन्दीपले भने, ‘कुनै प्रकारको प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं, अपराजित रहँदै उपाधि जित्छौं।’ सन्दीपले फाइलनमा घाइते कमलसिंह ऐरीको अभाव भने महसुस हुने बताए ।
यस्तै, नेपालका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । युवा खेलाडीको खेल देखेर खुसी भएको बताउँदै उनले नेपालको अहिले बेस्ट टिम भएको बताए।
पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी(२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने । पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टि२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए ।